एमाले प्रवेश गरेका भगवतीमाईका अध्यक्ष थापा समाजवादीबाट निष्कासित – Nepal Press

एमाले प्रवेश गरेका भगवतीमाईका अध्यक्ष थापा समाजवादीबाट निष्कासित

सुर्खेत । नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश कमिटी सदस्य दानबहादुर थापालाई पार्टीबाट निष्कासन गरेको छ ।

शुक्रवार एमाले प्रवेश गरेका थापालाई समाजवादीले पार्टीबाट निष्कासन गरेको जनाएको हो ।

उनी भगवतीमाई गाउँपालिका इन्चार्ज एवं भगवतीमाई गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

नेकपा एसले जारी गरेको विज्ञप्ति अनुसार उनलाई चैत ६ गते नै पार्टीबाट निष्कासन गरिएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै नेकपा एस कर्णाली प्रदेश कार्यालय सचिव वसन्त कुमार विश्वकर्माले जारी गरेको विज्ञप्ति एसका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले फेसबुकमार्फत शेयर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर