एमाले बागमतीको परिपत्र- वडाका उम्मेदवार चैत २३ र पालिकाको सिफारिस २५ गतेभित्र सिफारिस गरिसक्नू – Nepal Press

एमाले बागमतीको परिपत्र- वडाका उम्मेदवार चैत २३ र पालिकाको सिफारिस २५ गतेभित्र सिफारिस गरिसक्नू

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीले चैत २३ गतेभित्र वडा अध्यक्ष र सदस्यका उम्मेदवारको नाम सिफारिस गरिसक्न मातहतका वडा कमिटीहरूलाई परिपत्र गरेको छ ।

प्रदेश कमिटीको शनिवार बसेको बैठकले २३ गतेभित्र वडा कमिटी बैठक बसेर वडाध्यक्ष र सदस्यहरूको छनौट गर्न परिपत्र पठाएको हो । उम्मेदवार छनौट सकेसम्म सर्वसम्मत गर्न र वडाबाटै आवश्यक संख्याका उम्मेदवार टुङ्ग्याउन भनिएको छ ।

सहमति नभएको अवस्थामा महिला सस्यबाहेक अन्य पदमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न परिपत्र पठाइएको पाण्डेले बताएका छन् । त्यस्तै चैत २५ गतेसम्म सोही विधिबाट महानगर,उपमहानगर,नगर र गाउँपालिका कमिटीहरूको बैठक बसी उम्मेदवारको नाम सिफारिस गर्न भनिएको छ ।

मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षमा सर्वसम्मत नभए दुवै पदमा एक महिला र एक पुरुष अनिवार्य हुनेगरी तीन तीनजनाको नाम सिफारिस गर्न पालिका कमिटीहरूलाई पत्राचार गरिएको छ ।

पालिका कमिटीहरूले सिफारिस गरेका उम्मेदवारको सूचीमा जिल्ला कमिटीहरूले सुझावसहित प्रदेश कार्यालयमा पठाउन चैत २५ गतेको समय तोकिएको छ । जिल्लाले तल्ला कमिटीका नाम थपघट भने गर्न पाउने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर