मधेसमा पनि चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको कसरत, भोलि बैठक बस्ने – Nepal Press

मधेसमा पनि चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको कसरत, भोलि बैठक बस्ने

जनकपुरधाम । मधेस प्रदेशका पालिकाहरूमा पनि चुनावी तालमेल गर्न सत्ता गठबन्धनमा सहभागी चार दलको बैठक डाकिएको छ ।

चुनावी तालमेलको विषयमा छलफल गर्न जनकपुरधामस्थित नेपाली काँग्रेसको प्रदेश कार्यालयमा आइतबार दिउँसो १२ बजे बैठक बस्न लागेको जसपा मधेसका अध्यक्ष रामबाबु यादवले जानकारी दिए । उनका अनुसार बैठकमा चारै दलका अध्यक्ष र केही शीर्ष नेताहरू सहभागी हुनेछन् ।

वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय सत्ता गठबन्धनले गरिसकेको छ । सो निर्णयपछि मधेस प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलले छलफल अगाडी बढाएको छ ।

मधेस प्रदेशमा एक महानगरपालिका, दुई उपमहानगरपालिका गरी १३६ पालिका छन् । केन्द्रमा सहमति बने पनि मधेसमा गठबन्धन गर्न ठूलो चुनौती देखिएको नेताहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर