माओवादीको उम्मेदवार मापदण्ड : विशेष परिस्थितिबाहेक अहिलेका जनप्रतिनिधिलाई नदोहोर्‍याउने – Nepal Press

माओवादीको उम्मेदवार मापदण्ड : विशेष परिस्थितिबाहेक अहिलेका जनप्रतिनिधिलाई नदोहोर्‍याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष परिस्थितिबाहेक स्थानीय तहका जनप्रतिनिधिलाई दोस्रो पटक उम्मेदवार नबनाउने भएको छ ।

अध्यक्ष प्रचण्डले उम्मेदवार सिफारिसका लागि पठाएको ६ बुँदे मापदण्डसहितको सर्कुलरमा सामान्य अवस्थामा विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने भनिएको छ ।

माओवादीले उम्मेदवार सिफारिस गर्दा देश,पार्टी र क्रान्तिप्रति निष्ठावान् भएको हुनुपर्ने,स्वच्छ छवि र विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिनुपर्ने लगायतका विषयलाई प्राथमिकता दिएको छ ।

त्यस्तै समानुपातिक समावेशी प्रतिनिधित्वमा ध्यान दिएर अनुशासित व्यक्तिलाई उम्मेदवार सिफारिस गर्न प्रचण्डले सर्कुलर गरेका छन् ।


प्रतिक्रिया

3 thoughts on “माओवादीको उम्मेदवार मापदण्ड : विशेष परिस्थितिबाहेक अहिलेका जनप्रतिनिधिलाई नदोहोर्‍याउने

  1. विषेश परिस्थिति भनेको रेनु होइनन् त रेनुका बा?

  2. केन्द्रकाले चैं दोहोराइ तेहराइ चौराइ पंचराइ छैठराइ गरेर भए पनि बांचिन्जेल माननिय र मन्त्री हुनु पर्ने , पद बिना बस्नै नहुने, अनि तलका पदमा चैं आलोपालो गरि मध्यम स्तरका धेरै नेता कार्यकर्तालाई पालै पालो भाग पुराएर आदर्श देखिनु पनि पर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर