कर्णाली कांग्रेस सभापति शाही भन्छन्- कुन पालिकामा को सँग मिल्ने ? भन्ने निर्णय जिल्लाले गर्छ – Nepal Press

कर्णाली कांग्रेस सभापति शाही भन्छन्- कुन पालिकामा को सँग मिल्ने ? भन्ने निर्णय जिल्लाले गर्छ

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कुन पालिकामा को सँग मिल्ने, नेतृत्व कसले लिने भन्ने निर्णय गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिइने बताएका छन् ।

नेपाल प्रेससँग शनिवार साँझ संक्षिप्त कुरा गर्दै सभापति शाहीले प्रदेशबाट ७९ वटा पालिकाको भागवण्डा गर्न सम्भावना नभएको बताए ।

उनले भने, ‘जस्तो दैलेखमा ११ पालिका छन् । रुकुममा सात पालिका छन् । त्यहाँ कुन पालिका कसले लिँदा विजय हात पार्न सकिन्छ भन्नेमा त्यहाँका जिल्ला कार्यसमितिलाई नै बढी थाहा हुन्छ । यहाँ प्रदेशबाट भागवण्डा तोकेर वा यो पालिकामा यो यो पालिकामा यो भनेर भन्दै जिल्ला कार्य समितिहरूको अधिकार हनन गर्न प्रदेश कार्यसमिति तयार छैन ।’

उनले प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै आइरहेको बताउँदै संयन्त्रले पनि कुन पालिका कसले जिम्मा लिने भनेर टुङ्गो नलगाउने बताए ।

उनले पार्टीका तल्ला निकायबाट गठबन्धन नगर्न सुझाव आए पनि त्यसरी अगाडि बढ्न नसकिने बताए ।

गठबन्धन नहुने बित्तिकै संघीय र प्रदेश सरकार धरापमा पर्ने उल्लेख गर्दै उनले भने, ‘कांग्रेस एक्लै चुनावमा जान्छु भन्दा अर्को गठबन्धन बनेको खण्डमा के गर्ने ? उनले भने, संघीय र प्रदेश निर्वाचनमा २४ प्रदेश सिटमा एक सिट र १२ प्रतिनिधिसभा सिटमा शून्य सिट कांग्रेसले ल्याएको सम्झिन पर्‍यो नि ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर