को होला पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्षमा एमालेको उम्मेदवार ? – Nepal Press

को होला पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्षमा एमालेको उम्मेदवार ?

सिन्धुपाल्चोक । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्षको उम्मेदवारका लागि एमालेबाट चारजनाले आकांक्षा व्यक्त गरेका छन् । जसमा अहिलेका अध्यक्ष टासी लामा, जिल्ला कमिटी सदस्य निर्मल बञ्जरा, नेता माधव पाण्डे र युवा नेता सोमर बम्जन छन् ।

लामा अखिलको राजनीति गर्दै पार्टी राजनीतिमा आएका लामा २०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचित भएका थिए । लोकतान्त्रिक आदिवासी जनजाती महासंघका उपाध्यक्ष रहेका लामा नेता शेरबहादुर तामाङनिकट मानिन्छन् ।

त्यस्तै अर्का दाबेदार बञ्जरा पनि विद्यार्थी राजनीतिबाटै पार्टी राजनीतिमा आएका हुन् । अहिले जिल्ला कमिटी सदस्य रहेका बञ्जरा नेता शेरबहादुर तामाङको सचिवालयमा छन् ।

लामो समय शिक्षण पेसा गरेका नेता माधव पाण्डेले पनि पालिका अध्यक्षमा आकांक्षा व्यक्त गरेका छन् । पुराना नेता पाण्डे अहिले एमालेको वाग्मती प्रदेश कमिटी सदस्य छन् ।

त्यस्तै युवा नेता सोमर बम्जनले अध्यक्षका लागि रहर गरेका छन् । १५ वर्ष जिल्ला कमिटीमा रहेर काम गरेका बम्जन आफूले टिकट पाए चुनाव जित्ने दाबी गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर