प्रधानमन्त्री देउवा वाराणसीमा, काशी विश्वनाथको पूजा गर्ने – Nepal Press

प्रधानमन्त्री देउवा वाराणसीमा, काशी विश्वनाथको पूजा गर्ने

नयाँदिल्ली । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुगेका छन् ।

देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलगायतले स्वागत गरेका छन् । प्रधानमन्त्री देउवाले धर्मपत्नी डा. आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

साथै प्रधानमन्त्री देउवाले त्यहाँ समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने छन् ।

त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दीरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाई गरेका थिए ।

प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँदिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर