एआईजी बढुवामा असन्तुष्ट डीआईजीहरूको रिटमा सुनुवाइ हुँदै – Nepal Press

एआईजी बढुवामा असन्तुष्ट डीआईजीहरूको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डीआईजीहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा मुद्दाको पेसी तोकिएको छ । डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले विहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । निवेदकले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश मागेका छन् ।

उनीहरूले सर्वोच्च जानुअघि बढुवाविरुद्धको सुनुवाइ समितिमा उजुरी दिएका थिए । समितिले कैफियत नदेखिएको ठहर गरेपछि विहीबार बिहानको मन्त्रिपरिषद् बैठकले वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर