चुनावमा गाउँ जान एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चले बनायो प्रदेश र पालिकास्तरीय कमिटी – Nepal Press

चुनावमा गाउँ जान एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चले बनायो प्रदेश र पालिकास्तरीय कमिटी

काठमाडौं । आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चले प्रदेश तथा गाउँ/नगरस्तरीय कमिटी गठन गरेको छ ।

काठमाडौंमा रहेका भोजपुरे र सम्पर्क कमिटीका सदस्यहरूलाई गाउँ फर्केर एमालेलाई जिताउन चुनावलक्षित अभियान सञ्चालनका लागि  शनिबार भेलाको आयोजना गरेर कमिटी गठन गरिएको मञ्चका अध्यक्ष फुर्बातेन्जिङ शेर्पाले बताए ।

सगरमाथा आरोहणमा जान लागेका वाङ्चु शेर्पालाई शुभकामना दिँदै चुचुरोमा फहराउन एमालेसँगै भोजपुर-काठमाडौं सम्पर्क मञ्चको झण्डा हस्तान्तरण गरिएको छ ।

भेलाका प्रमुख अतिथि पूर्व पर्यटनमन्त्री संविधानसभा सदस्य कृपाशुर शेर्पाले पाँच दलीय गठबन्धनलाई परास्त गरेर एमालेका उम्मेदवारलाई सबै स्थानीय तहमा जिताउन तत्काल गाउँ गएर आक्रामक रूपमा लाग्न आग्रह गरे ।

कार्यक्रममा माओवादी, कांग्रेसलगायतका पार्टीबाट केही युवा प्रवेश गरेका छन् ।

भेलाबाट चयन गरिएका प्रदेश र गाउँ/नगर कमिटीका पदाधिकारीहरू :

प्रदेश (क) अध्यक्ष- प्रविन कुलुङ राई, सचिव – मोहन बोहरा

प्रदेश (ख) अध्यक्ष- लक्ष्मण वि.क. , सचिव – मिलन श्रेष्ठ

१. षडानन्द नगरपालिका अध्यक्ष- पर्वत बस्नेत, सचिव -सुसन श्रेष्ठ

२. भोजपुर नगरपालिका अध्यक्ष- थिरबहादुर श्रेष्ठ, सचिव -पुस्प श्रेष्ठ

३. साल्पासिलिछो गाउँपालिका अध्यक्ष- क्षितिज राई, सचिव -आयुश घले

४. टेम्केमैयुम गाउँपालिका अध्यक्ष- सगुन राई,

५. पौवादुम्मा गाउँपालिका अध्यक्ष- मोहन निरौला, सचिव – प्रमोद भट्टराई

६. हतुवागढी गाउँपालिका अध्यक्ष- मोहन सिं वि.क., सचिव- सुमन राई

७. रामप्रसाद गाउँपालिका अध्यक्ष- लालमान वि.क., सचिव – वानाहाङ राई

८. आमचोक गाउँपालिका अध्यक्ष- गोपाल तामाङ

९. अरुण गाउँपालिका अध्यक्ष- भानु श्रेष्ठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर