कम्युनिस्टको उदार र सामाजिक परिभाषा गरेका छौं : ओली – Nepal Press

कम्युनिस्टको उदार र सामाजिक परिभाषा गरेका छौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कट्टर कम्युनिस्ट दर्शनभन्दा उदार र सामाजिक न्यायसहितको कम्युनिस्ट विचारतर्फ अग्रसर रहेको बताएका छन् ।

एमालेले कट्टर सैद्धान्तिकभन्दा विचार र व्यवहारको कम्युनिस्ट विचारधाराको पक्षमा रहेको अध्यक्ष ओलीले बताए ।

‘हामी कम्युनिस्टको उदार र सामाजिक परिभाषा गरेका छौँ,’ एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘यसमा कम्युनिस्ट भनेको खाली दर्शनको कुरा मात्र होइन । समृद्धितर्फ तयार हुनेहरू, सामाजिक न्यायतर्फ तयार हुनेहरू, समाजमा शान्ति हुनपर्छ, स्थिरता र स्थायित्व हुनुपर्दछ भयरहित वातावरणमा सबै बाँच्न पाउनुपर्दछ भन्ने हुन्छ ।’

एमाले अपमान, हेलो होचो, असमानता र विभेद होइन सामाजिक न्याय र समानतासँग सम्मानजनक जिन्दगी सुरक्षित ढङ्गले बाँच्न पाउनुपर्दछ भन्ने पक्षमा रहेको बताए । यही गर्दा आफूले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक हुने उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर