स्थानीय चुनावमा अखिलले प्रत्येक बुथमा एक सय स्वयंसेवक खटाउने – Nepal Press

स्थानीय चुनावमा अखिलले प्रत्येक बुथमा एक सय स्वयंसेवक खटाउने

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तह चुनावलाई लक्षित गरी प्रत्येक बुथमा अखिलका एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीको शनिवार सम्पन्न विस्तारित बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष सुनिता बरालले ‘जनमतको सुरक्षा हाम्रो दायित्व,निष्पक्ष निर्वाचनमा हुने षड्यन्त्रविरुद्ध अनेरास्ववियुको नेतृत्व’ भन्ने उद्घोषसहित प्रत्येक बुथमा स्वयंसेवक खटाइने जनाएकी छन् ।

बैठकले उपत्यका र प्रदेश राजधानीमा रहेका संगठनका नेता कार्यकर्तालाई एक साताभित्र आ आफ्नो पालिकमा एमालेलाई विजयी गराउन निर्वाचन सहयोगीका रूपमा परिचालित हुन निर्देशन दिएको छ ।

अखिलले त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी र रोकिएको सेवा आयोगका परीक्षण लगायत विश्वविद्यालयमा सरकारको हस्तक्षेपको विरोध गर्दै तत्काल तालाबन्दी खोल्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर