स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई अध्यक्ष नेपालको आग्रह – Nepal Press

स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई अध्यक्ष नेपालको आग्रह

महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित सभामा अध्यक्ष नेपालले पार्टी नेतृत्वको ध्यान पनि निर्वाचनमा केन्द्रित भएको बताए । ‘वडा हुँदै टोल टोलमा कमिटी बनाउन ढिलाइ नगर्नुस्’, उनले भने, ‘जनताको घरदैलोमा गएर प्रचारप्रसार गरेर कलम चिह्नमा भोट माग्नुहोस् ।’

गठबन्धनमा सहभागी पार्टीहरुबीच निर्वाचनमा एकताबद्ध भएर जाने विषयमा वार्ता भइरहेको अध्यक्ष नेपालले उल्लेख गरे। ‘संविधान बचाउन र गणतन्त्र बचाउन चाहने पार्टी एक ठाउँमा उभिनेछन्’, उनले भने ।

क्रान्तिकारी सोच बोकेर विद्रोहको झण्डा बुलन्द गरी अगाडि बढेको उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनबाट ७५३ पालिकामा करिब ३२ हजार जनप्रतिनिधि निर्वाचित हुने जानकारी दिए ।

‘गल्ती भयो भनेर महसुस गरी समाजवादीमा आउन आग्रह गर्छु’, बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दसहित दुई दर्जन बढी जनप्रतिनिधिलगायतलाई पार्टीमा प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर