स्वदेश फर्किए प्रधानमन्त्री देउवा (तस्बिरहरु) – Nepal Press

स्वदेश फर्किए प्रधानमन्त्री देउवा (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

शुक्रबार भारतको तीन दिने भ्रमणमा गएका देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

देउवा पाँचौपटक मुलुकको कार्यकारी प्रधानमन्त्री भएयता पहिलो पटक भारत भ्रमणमा गएका हुन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका हुन् ।

भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।

भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट गरेका देउवाले जनकपुर-जयनगर रेलको उद्घाटन भारतीय समकक्षी नरेन्द्र मोदीसँगै गरे ।

देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ ।

देउवाले मोदीसँग सीमा समस्या समाधानका विषयमा पनि कुराकानी भएको छ ।

तस्बिरहरु : गाैरव पाैडेल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर