स्थानीय चुनाव : पाल्पामा तालमेल र भागबण्डामा जुटे गठबन्धन – Nepal Press

स्थानीय चुनाव : पाल्पामा तालमेल र भागबण्डामा जुटे गठबन्धन

रुपन्देही । पाल्पामा सत्ता गठबन्धनमा रहेका ४ राजनीतिक दलहरू स्थानीय चुनाव रणनीति बनाउन जुटेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठक बसेको एमालेविरुद्धको गठबन्धनबाट कसरी जित निकाल्ने र भागबण्डा कसरी मिलाउने भन्ने विषयमा छलफल गरेको बैठकमा सहभागी एक नेताले बताए ।

कांग्रेस सभापति हिमालदत्त श्रेष्ठले चार दलका प्रतिनिधि सम्मिलित संयन्त्र निर्माण गरेर वडातहदेखि पालिका र जिल्ला तहको वस्तुस्थिति अध्ययन गरेर मात्र ठोस निर्णयमा पुग्ने बताए ।

श्रेष्ठका अनुसार निर्वाचनको समग्र परिस्थितिबारे केन्द्रमा छलफल हुने र वस्तुस्थितिबारे अध्ययन गर्न जिल्ला, पालिका र वडा तहमा पाँचै दलका प्रतिनिधि सम्मिलित संयन्त्र बन्नेछ ।

निर्वाचनमा तालमेल गर्न गठबन्धनमा सहभागी दलहरूका जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरूको संयन्त्रले आफ्नो पार्टीको स्थिति विवरण बुझाएपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनको कुरा हुनेछ ।

बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी सहभागी थिए । कांग्रेसका प्रवक्ता शोभाकर न्यौपानेले कांग्रेस पाल्पाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन व्यापक छलफल गरेको बताए ।

गत स्थानीय तहको निर्वाचनमा पाल्पामा एमालेले धेरै स्थानमा जितेको थियो । बगनासकाली गाउँपालिकामा माओवादी कांग्रेसको गठबन्धन भए पनि कांग्रेसका अध्यक्षमा कृष्णप्रसाद बस्यालले जितेका थिए भने उपाध्यक्षमा माओवादीका उपाध्यक्ष कृष्ण भुसालले हारेर एमालेका उम्मेदार विजयी भएका थिए । रामपुरमा भने कांग्रेसका विरुद्ध एमाले र माओवादीको गठबन्धन भएपनि कांग्रेस नै विजय भएको थियो ।

अहिले पनि निस्दी, पूर्वखोला, रम्भामा सबै पार्टी एकातिर भएपनि एमाले नै जित्ने स्थानीयको आंकलन छ र विगतको मत परिणामलाई हेर्दा पनि त्यो प्रष्ट देखिन्छ । तानसेनमा एमाले बलियो भए पनि नेकपा एसले केही मत प्रभावित पार्ने बताइएको छ ।

२०७४ को निर्वाचनमा पाल्पाका स्थानीय तहमा प्रमुखहरूले पाएको मत :

१ तानसेन नगरपालिका, एमाले(१०४५०), कांग्रेस(८०६७), माओवादी(११३७)

२. तिनाउ गाउँपालिका, एमाले(२८१०), कांग्रेस(२७०७), माओवादी(२३८८)

३. निस्दी गाउँपालिका, एमाले(५३२०), कांग्रेस(२९२३), संघीय समाजवादी(५३)

४. पूर्वखोला गाउँपालिका, एमाले(५६३६), कांग्रेस(१७३२), स्वतन्त्र(१७३)

५. बगानसकाली नगरपालिका, कांग्रेस(५५९४), एमाले(५३४६), जनमुक्ति(१४६)

६. माथागढी गाउँपालिका, कांग्रेस(५७९९), एमाले(३८०६), स्वतन्त्र(१८३)

७. रम्भा गाउँपालिका, एमाले(४७६७), कांग्रेस(४०९८), माओवादी(३२३)

८. रामपुर नगरपालिका, कांग्रेस(८८८५), एमाले(७६७६), जनमोर्चा(११४)

९.रिब्दिकोट गाउँपालिका, एमाले(३६९३),माओवादी(२४४८), कांग्रेस(२५५६)

१० रैनादेवी छहरा गाउँपालिका, कांग्रेस(५१४६), एमाले(४९४३), माओवादी(२०३९)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर