प्रदेश १ खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त – Nepal Press

प्रदेश १ खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त

विराटनगर । प्रदेश १ मा प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरिएको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गरेको हो । सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले बोर्डको उपाध्यक्ष जीना कार्की (विराटनगर, मोरङ) र सदस्य सचिव हंशराज वाग्ले (ज्यामिरे, ओखलढुंगा) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रूपमा तोक्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर