रमेश सिलवालको रिट खारेज, राखेपमा घिसिङलाई काम गर्ने बाटो खुल्यो – Nepal Press

रमेश सिलवालको रिट खारेज, राखेपमा घिसिङलाई काम गर्ने बाटो खुल्यो

काठमाडौं । आफूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेपको) सदस्यसचिवबाट गैरकानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीश अनिल सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गरेसँगै टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई वर्तमान देउवा सरकारले हटाएर टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालत पुगेका थिए ।

सर्वोच्चले यसअघि टंकलाल घिसिङलाई नियुक्त गर्ने र सिलवाललाई हटाउने दुवै निर्णय यथास्थितीमा राख्न आदेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर