गठबन्धन बैठकमा सुपारी आयातबारे चर्चा ! – Nepal Press

गठबन्धन बैठकमा सुपारी आयातबारे चर्चा !

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा ‘सुपारी आयात’ को विषयले प्रवेश पाएको छ ।

मुलुकको अर्थतन्त्र ओरालो लागेको र विदेशी मुद्राको सञ्चिति कमजोर बन्दै गएको बेला सुपारी आयात गर्न लागिएको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बैठकमा सुपारी आयातबारे चासो राखेका हुन् ।

स्थानीय निर्वाचनको तालमेल लगायत विषयमा छलफल गर्न बसेको बैठकमा कांग्रेस नेता पौडेलले अर्थतन्त्र सुधारको विषय प्रवेश गराएका थिए । सोही क्रममा पौडेलले सुपारी आयात खुला गर्न लागिएको भन्दै त्यसले आयात बढ्ने र विदेशी मुद्राको सञ्चिति अझ कमजोर हुने बताए ।

‘अहिले अर्थतन्त्र डुब्न लाग्यो भनेका छन् । विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । यस्तो बेलामा फेरी सुपारी आयात कसले खोल्न लगाएको हो ?’, पौडेलले बैठकमा प्रश्न गरे । पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थतन्त्र सुधारका लागि ठोस कदम चाल्न आग्रह समेत गरेका थिए ।

पौडेलले चासोका साथ राखेको सुपारी आयातबारे अन्य नेताहरूले भने प्रतिक्रिया दिएनन् ।

यो पनि पढ्नुस् : उद्योगको नाममा सुपारी आयात खुल्यो, अनुमतिपत्र भने व्यापारिक फर्मलाई (सूचीसहित)

यो पनि पढ्नुस् : ५० करोडको डिल सफल- सुपारी, केराउ र मरिचको तस्करीका लागि आयात खुला

यो पनि पढ्नुस् : सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया

यो पनि पढ्नुस् : सुपारी तस्करीको लाइन खुलाउन आर्थिक चलखेल, आयात बन्देज हटाउन मन्त्रिपरिषदमा प्रस्ताव


प्रतिक्रिया

One thought on “गठबन्धन बैठकमा सुपारी आयातबारे चर्चा !

  1. सुपारी आयात गर्न दिएर व्यापारीसँग ५० कराेडकाे भागभण्डा भएछ ।मैले पनि त गठबन्धन मिलाउन यत्राे दुख गरेकाे छु । भाग मागिएकाे हाेला सायद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर