डेनमार्क र इटलीले गरे दर्जनौं रुसी कूटनीतिज्ञहरुलाई देश निकाला
काठमाडौं । डेनमार्कले कूटनीतिज्ञको रुपमा दर्ता भइ गुप्तचर अधिकारीमा कार्यरत १५ जना रसियनहरुलाई देश निकाला गर्दै १५ दिन भित्र देश छोड्न अल्टीमेटम दिएको छ ।
यस्तै इटलीले पनि राष्ट्रिय सुरक्षाको कारण बताउँदै ३० जना रुसी अधिकारीहरुलाई देश निकाला गर्ने भएको छ । रूसी संघको तर्फबाट युक्रेनविरुद्धको अन्यायपूर्ण आक्रामकताको कारण सिर्जना भएको वर्तमान संकटको परिस्थितीमा इटलीले अघी बढाएको उक्त कदम सान्दर्भिक रहेको र यो निर्णय युरोपेली र एटलान्टिक साझेदारहरूसँग सहमतिमा लिइएको इटालियन विदेशमन्त्री लुइगी डि मायोले जनाएका छन् ।
रसियाले युक्रेन माथि हमला सुरु गरे पछि विभिन्न युरोपियन राष्ट्रहरुले रुसी अधिकारीहरुलाई देश निकाला गर्दै आएका छ्न् ।
यसअघी नेदरल्याण्ड, बेल्जियम लगायतका देशहरुले पनि रुसी अधिकारीहरुलाई देश निकाला गरेका थिए । डेनमार्क र इटलीको उक्त निर्णय पश्चात रसियाले पनि यसको सान्दर्भिक जवाफ दिने रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बताएकी छन् ।