वैज्ञानिक समाजवादीको पार्टीकाे महासचिवमा आहुति, सचिवालय र ९९ सदस्यीय केन्द्रीय समिति चयन (नामावलीसहित) – Nepal Press

वैज्ञानिक समाजवादीको पार्टीकाे महासचिवमा आहुति, सचिवालय र ९९ सदस्यीय केन्द्रीय समिति चयन (नामावलीसहित)

स्थानीय तहको निर्वाचन बहिष्कार गर्नेसहित आठ बुँदे प्रस्ताव पारित

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति चयन भएका छन् । बुधबार र विहीबार काठमाडौंमा सम्पन्न पहिलो राष्ट्रिय भेलाले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हाे ।

समितिको पहिलो बैठकबाट आहुति महासचिवमा चयन भएका पार्टीले जनाएकाे छ । बैठकले महासचिव आहुतिको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ भने पार्टीको प्रवक्तामा जागृत रायमाझी चयन गरेकाे छ ।

सचिवालय सदस्यमा मदन अर्याल, राजकुमार हिङमाङ्ग, सागर लिम्बू, धनकुमारी सुनार, राजेश्वरी सुवेदी, डिवी.सर्वश्रेष्ठ, आशिष लिम्बू, वैद्यनाथ ठाकुर, वुद्धलक्ष्मी महर्जन, विनोद सुनाम, लछुराम विक, पुष्पकुमारी भण्डारी र श्याम कुँवर चयन भएका केन्द्रीय सदस्य मदन अर्यालले जानकारी दिए । त्यस्तै, पार्टीको प्रदेश एकको संयोजकमा आशिष लिम्बू, मधेश प्रदेश संयोजकमा वैद्यनाथ ठाकुर, बागमती प्रदेश संयोजकमा बुद्धलक्ष्मी महर्जन, गण्डकी प्रदेश संयोजकमा विनोद सोनाम, लुम्बिनी प्रदेश संयोजकमा लछुराम बिक र कर्णाली प्रदेश संयोजकमा पुष्पकुमार भण्डारी र सुदुरपश्चिम प्रदेश–श्याम कुावर चयन भएका छन् ।

त्यस्तै, सल्लाहकार समितिमा आरपी गुरागाई, डा.अजय यादव, मोहन साशंकर र डा.सञ्जय साहलाई चयन भएका छन् । राष्ट्रिय भेलाले प्रवुद्ध समितिमा नन्दन अर्याल, डा.शिवशंकर यादव, हरिदेव ठाकुर, रोहित हिङमाङ्ग र चित्रबहादुर विश्वकर्मालाई चयन गरेको छ ।

बैठकले पार्टीको स्कुल तथा प्रकाशन विभाग प्रमुखमा आहुति, संगठन विभाग प्रमुखमा सागर लिम्बु, उत्पादन विभागमा मदन अर्याल, अन्तर्राष्ट्रिय विभाग प्रमुखमा राजेश नेपाली, बिज्ञान प्रविधि विभाग प्रमुखमा सुरेन्द्र लुईटेल, आर्थिक तथा लेखा विभाग प्रमुखमा सुवास पाण्डे, केन्द्रीय कार्यालय सचिवमा काल्साङ्ग लामा, बैदेशिक श्रमिक विभाग प्रमुखमा राजन डोने, प्रचार प्रसार विभाग प्रमुखमा जागृत रायमाझी, मुस्लिम विभाग प्रमुखमा शुभराती मन्सुर र शिक्षक विभाग प्रमुखमा बद्रीकुमार चौलागााई लाई चयन गरेको छ ।

महासचिव आहुतिले विज्ञप्तिमार्फत् औपचारिक रुपमा पार्टीको बैचारिक काम शुरु भएको तीन वर्ष र संगठनात्मक काम शुरु भएको करिव १५ महिनापछि भएको पहिलो राष्ट्रिय भेलाले नयाा युगको कम्युनिष्ट आन्दोलनको विचारधारात्मक राजनीतिक कार्यदिशा पारित, वैज्ञानिक समाजवाद निर्माणको बाटो तय र नयाा वैज्ञानिक संस्कृतिको मानक स्थापित गरेको बताएका छन् । उनले पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको बताएका छन् । राष्ट्रिय भेलाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्नेसहित विभिन्न समसामयिक राजनीतिक विषयमा आठ बुँदे प्रस्ताव पारित गरेको छ ।

यस्तो छ केन्द्रीय समिति

संयोजक आहुति

केन्द्रीय सदस्य विदुर खरेल,

धनकुमारी सुनार,

आशिष लिम्बू,

लक्ष्मी याक्खा,

नयन नेयोङ्ग,

टिका पोखरेल,

बुद्धिराम ठटाल,

गोकुल राई,

राजु दास,

मोहन लकान्द्री,

मदन अर्याल,

दीपनारायण दास,

बैद्यनाथ ठाकुर ‘श्रमजीवी’,

हिरादेवी दास,

राजकुमार हिङ्गमाङ,

काल्साङ्ग लामा,

सुवास पाण्डे,

राजेश नेपाली,

बुद्धलक्ष्मी महर्जन,

भुपाल साङपाङ,

आशिष शर्मा,

राजेश्वरी सुवेदी,

सुरज ओझा,

रुपा सुनार,

महाबीर विश्वकर्मा,

शशी सुनार,

रुकु रणपाल,

डिबी सर्वश्रेष्ठ,

सागर लिम्बू ‘सुम्हेत्लुङ’,

पुष्पकुमार भण्डारी,

विजय विश्वकर्मा,

श्याम कुँवर,

निश्चल परियार,

विनोद सुनाम,

यम रसाइली,

शान्ति गजमेर,

जेपी गहतराज,

तीर्थराज मजाकोटी,

प्रकाश शर्मा,

तिर्थमाया लामा,

बद्रीकुमार चौलागाई,

मञ्जु थापामगर,

रामबहादुर नेपाली,

डेविड परियार,

प्रल्हाद राउत,

करण विसी,

देवसिंह लामा,

मदन बस्नेत,

सुमन सिंह कुशवाह,

बद्री चौलागाई,

रविन परियार,

सुरेन्द्र लुईटेल,

गणेश रसाइली,

दीपेन्द्र शाही,

अतित लिम्बू,

राजन डोने ‘मानव’,

प्रेम कार्की ‘विश्वविकास’

शुभराती मन्सुरी,

भगवती नेपाली,

प्रेम गैरे,

लोकेन्द्र जेरी किराँती,

केशव दाहाल सविन,

आरबी. कुँवर,

शकुन्तला गैरे,

सकल लिम्बू र

लछुराम विश्वकर्मा

राष्ट्रिय भेलाले पारित गरेका समसामयिक प्रस्ताव यस्ता छन्

१. राष्ट्रघाती एमसीसी सम्झौतालाई बहुसंख्यक देशभक्त नेपाली जनताले अस्विकार गर्दागर्दै दलाल संसदीय व्यवस्थाका रक्षक दलाल संसदीय बहुमतले पारित गर्दै आफ्नो राष्ट्रघाती अनुहार अझ छर्लङ्ग बनाएका छन् । देशभक्त क्रान्तिकारी शक्तिले मोर्चाबन्दी गरेर गरेको संयुक्त संघर्षले आमजनता माझ एउटा उचाई हासिल गरेको छ । अहिले राष्ट्रघाती एमसीसी सम्झौता लागु गर्न नदिनु र त्यसका विरुद्ध निरन्तर संघर्ष गर्नु देशभक्त क्रान्तिकारी शक्तिहरुको दायित्व बन्न पुगेको छ । यो राष्ट्रिय भेला राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध संघर्ष गर्न साम्राज्यवाद विरोधी संयुक्त मोर्चालाई संगठित गर्न, अपील र पहल गर्दै त्यसका विरुद्ध निरन्तर संघर्षलाई उठाउन संकल्प गर्दछ ।

२. फेरि एकपटक दलाल संसदवादी शक्ति चुनावका नाममा जनतामाझ भ्रमको खेती गर्दै आफ्नो सत्ता स्वार्थ रक्षा गर्ने अभियानमा छन् । हाम्रो पार्टी दलाल संसदीय व्यवस्थालाई जोगाउने एउटा अभिन्न अङ्गको रुपमा रहेको निर्वाचन औचित्यहीन भएको ठहर गर्दछ । साथै निर्वाचन बहिस्कार गर्ने निर्णय सहित दलाल संसदीय व्यवस्थाले सिङ्गो मुलुक र जनतालाई थोपरेको संकटहरुका विषयमा आम जनतामाझ सचेतना अभियान र सिङगो दलाल संसदीय व्यवस्थाका विरुद्ध भण्डाफोर अभियान संचालन गर्दै वैज्ञानिक समाजवादी व्यवस्था निर्माणको तिव्रतर प्रयत्न गर्दै जान यो राष्ट्रिय भेला पार्टी पंक्ति र आम जनसमुदायलाई हार्दिक अपील गर्दछ ।

३. कथित निर्वाचनको मुखमा हरेक क्षेत्रमा भएको मुल्यवृद्धिले आम जनताको ढाड सेकेको छ । आम जनताको भान्सामा प्रत्यक्ष असर पारेको मुल्यवृद्धि तत्काल घटाउन यो राष्ट्रिय भेला जोडदार माग गर्दछ ।

४. भ्रष्टाचार दलाल संसदीय व्यवस्थाको चरित्रकै रुपमा देखा परिरहेको वर्तमान अवस्थामा आम जनता र समुदायको सम्पत्तिलाई आफ्नो निजी झैं ठानेर स्थानीय , प्रदेश र संघीय तीनै तहका सरकारमा सहभागी भएका भ्रष्ट आचरण गरिरहेका सम्पूर्ण जनप्रतिनिधी तिनका आसेपासे र कर्मचारीहरुलाई खबरदारी गर्दै यो राष्ट्रिय भेला पार्टी निर्माण भएका हरेक स्थानीय तहमा ‘‘हिसाब खोज’’ आन्दोलन अगाडी बढाउने घोषणा गर्दछ।

५. हरेक वर्ष कृषि क्षेत्रमा देखापर्ने मलखाद र उन्नत बिउबिजन अभावको समस्या दलाल पँुजीपति वर्गद्वारा आफ्नो नाफाको स्वार्थलाई केन्द्रमा राखेर गरिएको कृतिम अभाव र जानाजान गरिएको किसानमाथिको अपराध भएको तथा दलाल राज्य व्यवस्था स्वयम त्यसको रक्षक भइरहेको सन्र्दभमा यो राष्ट्रिय भेला किसानलाई आवश्यक मलखाद र उन्नत बिउबिजन तत्काल समयमै उपलब्ध गराउन तीनै तहका सरकारसँग जोडदार माग गर्दै कृिष उत्पादनको लागत घटाउन कृषि औजार, प्रविधि, सिचाई, मलखाद र उन्नत बिउबिजनमा अनिवार्य सहुलियत दिन र सिचाईका लागि आवश्यक बिजुली महशुल निःशुल्क गर्न माग गर्दछ ।

६. देशमा व्याप्त वेथिति, विकृति र विसङ्गतीपूर्ण अवस्थामा महिला हिंसा र बलात्कारजन्य घटनाको कारक तत्व पितृसत्तात्मक संरचना र सामाजिक व्यवस्था रहेको ठहर गर्दै यस्ता हिंसात्मक घटनाको अन्त्य गर्न हरेक घर–घरमा बलात्कारी पुरुष चेतना जन्माउने पितृसत्ताका विरुद्ध प्रहार केन्द्रीत गर्न आम सचेत जनसमुदायलाई हार्दिक अपील गर्दछ, साथै सिङगो पार्टी पंक्ति पितृसत्ताका विरुद्ध दृढतापूर्वक उभिने प्रण गदर्छ ।

७. संविधान प्रदत्त मौलिक हकको रुपमा रहेको शिक्षा र स्वास्थ्य जस्ता सेवा प्राप्त गर्ने जनताको नैसर्गिक अधिकारमाथि राज्य स्वयमबाट कुठाराघात भइरहेको छ । कर्मचारी अस्पताल , सैनिक अस्पताल जस्ता संरचनाहरु खडा गरेर यो दलाल व्यवस्थाले स्वास्थ्य क्षेत्रमा राज्यबाट सुविधा लिनेहरुलाई सुविधै सुविधा र आम जनतालाई वेवास्ता गरिहेको सन्दर्भमा यो राष्ट्रिय भेला सम्पूर्ण आम जनसमुदायको स्वास्थ्य उपचारको निःशुल्क व्यवस्था गर्न जोडदार माग गर्दछ । त्यसैगरी मेडिकल माफियाको राज्यका अंगकै संरक्षणमा आम विद्यार्थीमाथी गरिरहेको लुट र डकैतिको घोर भत्र्सना गर्दछ ।

८. राष्ट्रघाती महाकाली सन्धीको परिणामको रुपमा देखापरेको महाकाली पारी दार्चुला क्षेत्रमा भारतीय पक्षबाट भैरहेको निरन्तर हस्तक्षेप र अतिक्रमण, देशभरिका सीमा क्षेत्रमा एसएसबी लगायत भारतीय पक्षबाट निरन्तर हस्तक्षेप र अतिक्रमण जस्ता भारतीय विस्तारवादी नीति र गतिविधीको यो राष्ट्रिय भेला घोर निन्दा र भत्र्सना गर्दछ । पछिल्लो समयमा महाकाली पारी नेपाली भूमिबाट भारतीय पक्षले बनाइरहेको बाटोले हाम्रो राष्ट्रिय स्वाधीनतामाथि गरेको नाङगो हस्तक्षेपलाई नदेखे झैं गरिरहेको दलाल निर्लज्ज सरकारलाई तुरुन्त यो विषयमा आफ्नो धारणा सार्वजानिक गर्न, त्यस्तो कार्य रोक्न आवश्यक सम्पूर्ण पहल गर्न माग गर्दछ । भारतीय विस्तारवादको लगातारको हस्तक्षेपकारी नीति र व्यवहारका विरुद्ध संयुक्त संर्घषलाई उठान गर्न सम्पूर्ण देशभक्त क्रान्तिकारीलाई हार्दिक अपिल  गर्दछाै ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर