दैलेखको ठाँटीकाँधमा एमालेलाई गठबन्धनको चुनौती, यस्ता छन् अध्यक्षका दाबेदार – Nepal Press

दैलेखको ठाँटीकाँधमा एमालेलाई गठबन्धनको चुनौती, यस्ता छन् अध्यक्षका दाबेदार

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिकामा वैशाख ३० गते हुने निर्वाचनमा एमाले र कांग्रेसबीच कडा टक्कर हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा थोरै मतान्तरले एमालेबाट उम्मेदवार बनेका धीरबहादुर शाही विजय बनेका थिए । आगामी वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन बनेको खण्डमा एमालेलाई चुनाव जित्न कठिन हुने देखिएको छ ।

एमाले विभाजनको खासै असर नपरेको यो पालिकामा एमालेबाट अध्यक्ष पदका आकांक्षीको संख्या धेरै छ । एमालेबाट अध्यक्षमा धीरबहादुर शाही, अमर बहादुर शाही, योगेन्द्र विक्रमराज थापा ‘अनाम’, लक्ष्मी शाह, कुमार विक्रम शाहीले अध्यक्ष पदमा दाबी गरेका छन् ।

यस्तै कांग्रेसबाट २०७४ सालमा पराजित अध्यक्ष पदका उम्मेदवार रक्षा शाही, देवेन्द्र शाही र लव बहादुर शाहीले तीव्र आकांक्षा देखाएका छन् । यो पालिकामा कांग्रेसले आफैंले नेतृत्व लिन चाहेको छ भने माओवादीले पनि दाबी गर्ने बताएको छ । यो पालिकामा माओवादी चौथो दल हो । तेस्रो दल नेमकिपा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर