प्रचण्डलाई भेटेर पित्तबहादुरले भने- परिबन्दमा परेर बालकोट पुगेँ, जनताले सुत्न दिएनन् – Nepal Press

प्रचण्डलाई भेटेर पित्तबहादुरले भने- परिबन्दमा परेर बालकोट पुगेँ, जनताले सुत्न दिएनन्

काठमाडौं । एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले अध्यक्ष प्रचण्डलाई भेटेर परिबन्दमा परेर बालकोट पुगेको बयान दिएका छन् ।

अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नु आफ्नो गल्ती भएको बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाएका छन् ।

उनले कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्न समेत नदिएपछि दोस्रो दिनमै घर फर्किएको बताएका छन् । भेटमा गल्ती गरेँ भनिसकेपछि अब काममा फर्कन अध्यक्ष प्रचण्डले निर्देशन दिएको मल्लले बताए ।

दुई दिनअघि एमाले प्रवेश गर्न बालकोट पुगेका डल्लाकोटीलाई अध्यक्ष प्रचण्डले फोन गरेर मलेखुमा माछा सँगै खाने भन्दै एमाले प्रवेश नगर्न आग्रह गर्दा उनले अश्वीकार गरेका थिए ।

यो पनि पढ्नुस् : एमाले प्रवेश गर्न बालकोट पुगेका गाउँपालिका अध्यक्षलाई प्रचण्डको फोन- त्यसो नगर्नुस्


प्रतिक्रिया

One thought on “प्रचण्डलाई भेटेर पित्तबहादुरले भने- परिबन्दमा परेर बालकोट पुगेँ, जनताले सुत्न दिएनन्

  1. प्रचण्डे रिसाएको देखिन्छ । लास्टमा कुरो मलेखुको माछाको रहेछ 😀

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर