श्रीलंकामा हटाइयो आपतकाल ,गोटाबे सरकार अल्पमतमा
काठमाडौं । श्रीलंकामा जारी चरम आर्थिक संकटको कारण भइरहेको प्रदर्शनले हिसांत्मक रुप लिदैँ गए पछि गत अप्रिल १ गते देखि घोषणा गरिएको आपतकालीन अवस्था घोषणा मंगलबार रातिदेखि हटाइएको छ ।
श्रीलंकाका राष्ट्रपति राजपक्षे गोटाबेले मंगलबार राति एक सूचना जारी गर्दै आपतकाल नियमसम्बन्धी अध्यादेश फिर्ता लिएको जानाकारी गराएका हुन् ।
गोटाबे सरकारमा सम्मेलित सम्पूर्ण २६ मन्त्रीले संयुक्त राजीनामा दिए पछि हाल श्रीलंकन सरकार अल्पमतमा रहेको छ भने देशमा गोटाबेले पनि राजीनमा दिनुपर्ने माग गर्दै प्रदर्शन बढीरहेको छ ।
चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा हाल इन्धन तथा खाद्य वस्तुको समेत संकट देखिएको छ ।