श्रीलकंन राष्ट्रपति गोटाबयले गरे राजीनामा नदिने घोषणा
काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले राजीनामा नदिने घोषणा गरेका छन् ।
श्रीलकांमा हाल राष्ट्रपति गोटाबयको राजीनामा माग गर्दै प्रदर्शन भइरहेको अवस्थामा गोटाबे पक्षीय नेता जोन्सटन फर्नान्डोले सूचना जारी गर्दै गोटाबयले राजीनामा नदिने जानकारी गराएका हुन् ।
‘हामी एक जिम्मेवार सरकारको रूपमा रहेको कारण राष्ट्रपति गोटाबयले कुनै पनि परिस्थितिमा राजीनामा नदिने जानकारी गराउँछौँ’ सूचनामा उल्लेख छ ।
गोटाबेले हालै मात्र देशमा लगाइएको आपतकाल हटाइएको घोषणा गरेका थिए ।
श्रीलंकामा हाल आर्थिक संकट चुलिँदै गए पश्चात् खाना, इन्धन तथा अन्य अत्यावश्यक वस्तुहरूको चरम अभाव चुलिँदै गएको अवस्था छ । त्यहाँका जनताहरूले दैनिक १३ घण्टा सम्म बिजुली बत्ती कटौती भोगिरहेका छन् ।
यति मात्र नभएर श्रीलंकामा हाल सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाइएको छ ।
श्रीलकांले हाल भोगिरहेको आर्थिक संकट सन् १९४८ यताको सबै भन्दा गम्भीर आर्थिक संकटको रूपमा बत्ताइँदै आएको छ ।