कैलालीमा वडासम्मै तालमेल गर्ने गठबन्धनको तयारी, निर्णय पर्सि – Nepal Press

कैलालीमा वडासम्मै तालमेल गर्ने गठबन्धनको तयारी, निर्णय पर्सि

कैलाली । आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीमा वडासम्मै गठबन्धन हुने सम्भावना बढेको छ । आज पाँच दलीय गठबन्धनको बैठकमा वडा सम्मै तालमेल गर्नेमा दलहरू सहमत भएका हुन् ।

नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा बसेको गठबन्धनको बैठकले ठोस निर्णय नगरे पनि तालमेल गर्नेमा सबै सहमत भएको कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

उनले भने, ‘माओवादी कैलालीका इन्चार्जको दाजु बितेको हुँदा माओवादीका तर्फबाट कोही पनि उपस्थित हुनु भएन अन्य उपस्थित भएका दलहरूले गठबन्धन गरेर जानु पर्ने बताए ।’

बैठकका कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य नृप वड, कैलाली सभापति नारायणदत्त भट्ट, उपसभापति भीम बडूवाल, सचिव नृप सुनार र केशव मिश्र उपस्थित रहेका थिए ।

एकीकृत समाजवादीको तर्फबाट केन्द्रीय सदस्य तथा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, कैलाली सचिव खडक रावत, जनता समाजवादीको तर्फबाट होरीलाल चौधरी र जनमोर्चाको तर्फबाट नन्दराज भट्ट उपस्थित रहेका थिए ।

बैठकमा माओवादीका प्रतिनिधि नआएको हुँदा आज निर्णय नभएको हो । थप छलफल गरेर २५ गते गठबन्धनको मोडालिटि सहित निर्णय गर्ने सहमति भएको कांग्रेस सचिव नृप सुनारले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर