अनेरास्ववियुले सरकारलाई भन्यो- मूल्यवृद्धि नियन्त्रण गरी देशको आर्थिक संकट समाधान गर – Nepal Press

अनेरास्ववियुले सरकारलाई भन्यो- मूल्यवृद्धि नियन्त्रण गरी देशको आर्थिक संकट समाधान गर

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि नियन्त्रण गर्न र देशको आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न माग गरेको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले गठबन्धन सरकारले मुलुकलाई अँध्यारो मार्गतर्फ लगिरहेको भन्दै मूल्यवृद्धि, कालोबजारी र छिमेकी मुलुकको चाकडी अन्त्य गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र देशको आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न सरकारलाई माग गरेको हो ।

अनेरास्ववियुले माग सम्बोधन नभए गठबन्धन सरकारको विरुद्धमा आन्दोलनको आँधीवेरी ल्याउने चेतावनी पनि दिएको छ ।

रेमिटेन्सको माध्यमले जेनतेन धानिरहेको मुलुकको अर्थतन्त्रलाई कमजोर पार्न बग्रेल्ती खुलिरहेका हुण्डीहरुलाई अनुगमन र कारबाही गर्नुको साटो प्रोत्साहन भइरहेको अनेरास्ववियुक आरोप छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको ढाड सेक्ने गरी एलपी ग्याँस र पेट्रोलियम पदार्थको हप्तैपिच्छे भइरहेको मूल्यवृद्धिले गरिब, निमुखा र श्रमजीवी जनताको जीवनयापन अत्यन्तै कष्ठकर अवस्थामा पुगेको छ । छिमेकी मुलुक भारतलाई प्रतियुनिट ४ रुपैयाँमा विद्युत् विक्री गरी ३८ रुपैयाँमा पुनः खरिद गरी विद्युत् प्राधिकरणले दक्षिणको दलाली गरिरहेका कारण यो परमादेशी सरकार आफ्नो मुलुकको भन्दा छिमेकीको हितमा रहेका ब्यहोरा पुष्टि भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर