बालुवाटारमा गठबन्धन अनुगमन समितिको बैठक, चुनावी रणनीति बनाउँदै – Nepal Press

बालुवाटारमा गठबन्धन अनुगमन समितिको बैठक, चुनावी रणनीति बनाउँदै

काठमाडौं । स्थानीय निर्वाचनमा चुनावी तालमेलको मोडल तय गर्न ५ दलीय सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक अहिले जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित समितिका सदस्यहरू सहभागी छन् ।

बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट प्रमुख सचेतक देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल उपस्थित छन् ।

बैठकले विभिन्न जिल्लामा स्थानीय निर्वाचनको तालमेलबारे भइरहेका कामहरूको समीक्षा गर्दै चुनावी तालमेलको रणनीतिक तयारी गर्ने बताइएको छ । बैठकमा मुख्यतः महानगरपालिकाहरुको प्रमुख र उपप्रमुख बाँडफाँडबारेपनि छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर