प्रेस युनियनको महाधिवेशन तयारी तीव्र, विभिन्न समितिहरू गठन – Nepal Press

प्रेस युनियनको महाधिवेशन तयारी तीव्र, विभिन्न समितिहरू गठन

हेटौँडा । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनका लागि तयारी तीव्र बनाइएको छ । आगामी जेठ १३ र १४ मा बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौडामा हुने महाधिवेशन आयोजनाका लागि विभिन्न समितिहरू गठन गरिएको छ ।

महाधिवेशन आयोजनाका लागि युनियनका केन्द्रीय सदस्य राममणि दाहाल संयोजक रहेको आयोजक समिति गठन गरिएको छ । आयोजक समितिको सह संयोजकमा युनियनका केन्द्रीय सदस्य गिरिजाप्रसाद अधिकारी रहेका छन् ।

त्यस्तै युनियनको मकवानपुर शाखाका अध्यक्ष पोष्टराज अधिकारी (कुमार) को संयोजकत्वमा सचिवालय मञ्च तथा स्वागत समिति गठन गरिएको छ । आवास समितिको संयोजकको जिम्मेवारी रुपेश दुलाल तथा भोजन समितिको संयोजकको जिम्मेवारी सुजन विडारीलाई दिइएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा उद्घाटन हुने महाधिवेशनका लागि हेटौडाको रोयल पार्टी प्यालेस बुक गरिएको प्रेस युनियनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर