कांग्रेसका क्षेत्रीय प्रतिनिधिसहित केही नेता कार्यकर्ता एमालेमा प्रवेश – Nepal Press

कांग्रेसका क्षेत्रीय प्रतिनिधिसहित केही नेता कार्यकर्ता एमालेमा प्रवेश

सुर्खेत । सुर्खेतमा कांग्रेसका क्षेत्रीय प्रतिनिधिसहित केही नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जिल्लाको पञ्चपुरी नगरपालिका –४ मा आयोजित कार्यक्रममा एमालेका क्षेत्रीय प्रतिनिधि पैलु कामी, सर्जन बिक, प्रभुराम तिमिल्सेना एमालेमा प्रवेश गरेका हुन् । यस्तै नेकपा एसका वडा कमिटी उपाध्यक्ष वीरबहादुर कामी पनि एमाले प्रवेश गरेको एमाले सुर्खेतले जनाएको छ ।

उनीहरूसमेत ४१ जना एमाले प्रवेश गरेको दाबी सो पार्टीले गरेको छ ।

उनीहरूलाई एमाले प्रदेश इन्चार्ज यामलाल कँडेलले पार्टी प्रवेश गराएका हुन् । कँडेलले एमालेले कुनै पनि दलको वैशाखी नटेकी जित हात पार्ने बताए । उनले कार्यकर्ताहरूलाई स्थानीय चुनावमा होमिएर पार्टीको जित सुनिश्चित गर्न निर्देशन पनि दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर