रुसलाई मानव अधिकार परिषद्‍बाट हटाउने अमेरिकी प्रस्तावमा राष्ट्रसंघमा मतदान हुँदै – Nepal Press

रुसलाई मानव अधिकार परिषद्‍बाट हटाउने अमेरिकी प्रस्तावमा राष्ट्रसंघमा मतदान हुँदै

काठमाडौं । रुसलाई मानव अधिकार परिषद्बाट हटाउनको लागि अमेरिकाले अगाडि सारेको प्रस्तावमा संयुक्त राष्ट्र संघको महासभामा आज मतदान हुने भएको छ ।

४७ वटा सदस्य राष्ट्र रहेको मानव अधिकार परिषद्‍मा प्रस्ताव पारित हुन दुईतिहाइ मतको आवश्यकता पर्छ । यसमा मतदानमा सहभागी नहुने देशलाई गणना गरिँदैन ।

पश्चिमी मुलुकहरूका अधिकारीहरुले १९३ जना सदस्य सहभागी हुने आजको महासभाले अमेरिकाले अघि सारेको उक्त प्रस्ताव पारित गर्ने दाबी गरेका छन् । प्रस्तावमा युक्रेनको मानव अधिकार संकटप्रति चिन्ता व्यक्त गरिएको छ ।

युक्रेनको बुचा शहरमा रुसले सयौँ युक्रेनीको हत्या गरेको सूचना सार्वजनिक भएसँगै रुसविरुद्ध उक्त प्रस्ताव अघि सारिएको हो । जसमा युक्रेनले पनि रुसले बुचा शहरमा युद्ध अपराध गरेको बताउँदै आएको छ । यस महासभामा आफ्नो विरुद्धमा मतदान गर्ने मुलुकसँगको द्विपक्षीय सम्बन्धमा असर पर्ने चेतावनी दिइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०११ मा लिबियामा प्रदर्शनकारीमाथि तत्कालीन तानाशाह मुआमार गद्दाफीको सेनाले हिंसा गरेपश्चात लिबियालाई पेरिषद्बाट निलम्बित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर