प्रचण्डले भने- सरकारबाट जनयुद्धलाई वैधानिक ढंगले सम्मान गर्ने प्रचलन सुरू भएको छ – Nepal Press

प्रचण्डले भने- सरकारबाट जनयुद्धलाई वैधानिक ढंगले सम्मान गर्ने प्रचलन सुरू भएको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारबाट वैधानिक ढंगले जनयुद्धलाई सम्मान गर्ने प्रचलन सुरू भएको बताएका छन् ।

सिरहाको मिर्चैया नगरपालिकाले बनाएको सहिद रामप्रताप साहको सालिक र प्रवेशद्वार उद्घाटन गर्दै प्रचण्डले स्थानीय सरकार र प्रदेश सरकारका तर्फबाट पछिल्लो केहीवर्षयता जनयुद्धको सम्मान गर्ने प्रचलन सुरू भएको बताए ।

‘वैधानिक ढंगले नै सरकारले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, उत्पीडित उपेक्षित वर्गको आन्दोलनको सम्मान गर्ने प्रचलन सुरू भएको छ,’ प्रचण्डले भने, ‘यो वर्ष मधेस सरकारले जनयुद्ध दिवस मनाउने सम्मान गरेको छ । स्थानीय सरकारले पनि यो काम सुरू गरेका छन् ।’

तराई-मधेसमा सशस्त्र द्वन्द्वका बेला झण्डै १३ सयले ज्यान गुमाएको बताउँदै उनीहरूको स्मरणमा सहिदपार्क वा सहिदगेट या सहिदका सालिक बनाउनुपर्ने बताए ।

त्यहीँ सशस्त्र संघर्षको बलमा लोकतान्त्रिक गणतन्त्र र समानुपातिक, समावेशी प्रणाली देशमा स्थापित भएको प्रचण्डले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर