उद्योगमा सरेका मन्त्री बडूले भने- आपूर्ति व्यवस्थाको समस्या समाधान गर्छु – Nepal Press

उद्योगमा सरेका मन्त्री बडूले भने- आपूर्ति व्यवस्थाको समस्या समाधान गर्छु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चूनौतीपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समाधान गर्ने बताएका छन् ।

विहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाधान्नदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

यसका लाग अल्पकालीन र दिर्घकालिन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारवालासँग छलफल गरिने बडूले बताए । थप मूल्यवृद्धिको भार जनतालाई नपार्ने गरी विद्यमान समस्याको समाधान खोजिने उनले आश्वस्त पारे ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्रीले उनको ठाउँमा गोविन्द बन्दीलाई ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *