मन्त्री आलेको आरोप- ओली सरकारका मन्त्रीले सरकारी सम्पत्ति भ्रष्टाचार गर्दै कौडीमा दिए (भिडिओ) – Nepal Press

मन्त्री आलेको आरोप- ओली सरकारका मन्त्रीले सरकारी सम्पत्ति भ्रष्टाचार गर्दै कौडीमा दिए (भिडिओ)

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ओली सरकारका मन्त्रीहरूले भ्रष्टाचार गर्दै सरकारी सम्पत्ति कौडीको भाउमा निजी क्षेत्रलाई दिएको आरोप लगाएका छन् ।

विहीबार छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै मन्त्री ओलेले ओली सरकारले कौडीको भाउमा दिएको सम्पत्ति फिर्ता गर्ने काम तीव्रताका साथ गर्ने पनि बताए ।

उनले आफू मन्त्री भएपछि सरकारी सम्पत्तिको दुरुपयोग हुनबाट रोकिएको र क्यासिनोबाट १ अर्ब ५ करोड रूपैया उठेको जिकिर गरे ।

स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने मन्त्री आलेको भनाइ छ । एमाले अध्यक्ष ओलीले एमालेलाई एक क्वीन्टलको ढक भनेको सन्दर्भमा आधा किलोमा झार्ने गरी चुनावी तयारी गर्न उनको कटाक्ष थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर