चौतारा साँगाचोकगढी नगरपालिकाले बनायो ६७ फिट अग्लो बुद्धपार्क
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सााँगचोकगढी नगरपालिकाले नगरको गौरवको योजनाको रुपमा रहेको भ्यु टावरसहितको बुद्ध स्तुपा निर्माण सम्पन्न गरेको छ ।
निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल केही दिन मात्रै बाँकी रहदा चौतारा साँगाचोकगढी नगरपालिकाले सुरु गरेको गौरवको आयोजनाको रुपमा अघि सारिएको ६७ फिट अग्लो भ्यु टावर सहितको बुद्धपार्क निर्माण सम्पन्न गरेको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका–६ पोखरीडाँडा क्याम्सिंगडाँडामा निर्माण गरिएको बुद्धपार्कको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका छन् ।
देशभरका विभिन्न स्थानीय निकाय सरकार,प्रदेश सरकार र संघीय सरकारको बजेटबाट निर्माण गरिएका अग्ला भ्यु टावरको जनस्तरबाट चौतर्फी विरोध भइरहेको छ । तर चौतारा साँगाचोकगढी नगरपालिकाले भने म्युटावर भन्दा पनि यसलाई बुद्धपार्कको रुपमा निर्माण गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले जानकारी दिए ।
नगरपालिका भित्र विभिन्न जातजाति र धर्मालम्बीहरु रहेकाले सबै धर्मको प्रतिनिधित्व हुने गरेर बुद्धपार्क निर्माण गरिएको मेयर तामाङको भनाई छ । १८०६ दशमल ४१ वर्ग किलोमिटर क्षेत्रफलमा निर्माण गरिएको बुद्धपार्कमा बुद्धको मुर्ती निर्माणको क्षेत्रफल २०९दशमलब ७७ वर्ग किलोमिटर रहेको छ ।
जमिन सतहबाट २०दशमलब ४२ उचाइमका रहेको बुद्धपार्कमा २९ सय २३ फिट आकारको बुद्धको बिशाल मुर्ति बनाइएको छ । ठेक्का प्रक्रिया माफर्त ६ करोड २१ लाख ५३ हजार ७ सय ८८ रुपियाँमा बुद्धपार्क र भ्यु टावर निर्माण गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
नगरपालिकाले बुद्धपार्क सम्म पैदल यात्रा गरेर जानको लागि हजार सिढी समेत निर्माण गरेको छ । आन्तरिक र बाह्य पर्यटकहरुलाई आर्कर्षित गर्ने उदेश्यले सिढी र बुद्धपार्क निर्माण गरिएको मेयर तामाङले जानकारी दिए ।
चौतारामा यस अघि गौराती भिमेश्वर मन्दिर प्रमुख धार्मिक स्थल रहेको थियो,अब गौराती मन्दिर सँगै बुद्धपार्क पनि निर्माण भएपछि यस क्षेत्रमा आन्तरिक र वाह्य पर्यटकहरु आउने मेयर तामाङको विश्वास छ ।
बुद्धपार्कको उद्घाटन गर्दे सभामुख अग्निप्रसाद सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकाले ५ वर्षमा पुर्वाधारको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे । अब स्थानीयको जीवनस्तर सुधारमा पनि नगरपालिकाको ध्यान जानुपर्ने सभामुख सापकोटाले जोड दिए ।
कार्यक्रममा पुर्व कानुन मन्त्रि एवम सासंद शेरबहादुर तामाङ,माओवादी केन्द्रीय सदस्यद्धय कृष्णप्रसाद सापकोटा,माधव सापकोटा लगायतले नगरपालिकाले गरेको विकास निर्माणकार्यको प्रशंसा गरेका थिए ।