सुर्खेतमा पनि पाँच दलले गरे तालमेलको निर्णय – Nepal Press

सुर्खेतमा पनि पाँच दलले गरे तालमेलको निर्णय

सुर्खेत । कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतमा सत्तारुढ पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी, नेकपा एस, जसपा र जनमोर्चाले सुर्खेतका ९ वटै पालिकामा गठबन्धन बनाएर जाने निर्णय गरेका हुन् ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सुर्खेत जिल्लाका नौ वटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गरी जाने निर्णय गरियो ।’

नेकपा एसका अध्यक्ष मोहन बडुवालका अनुसार सबै दलबाट १० जनाको संयन्त्र पनि बनाउने निर्णय गरिएको छ । यस्तै, गठबन्धनको मूल मर्म अनुसार अघि बढन कायकर्तालाई निर्देशन समेत दिइएको छ ।

विज्ञप्तिमा नेकपा एसबाट मोहन बडुवाल, कांग्रेसबाट जिल्ला सभापति खड्क पोख्रेल, माओवादीबाट जिल्ला इन्चार्ज झकबहादुर मल्ल, राजमोबाट गोविन्द सुवेदी र जसपाबाट टोपबहादुर दर्लामीले हस्ताक्षर गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर