गोर्कणकाे जंगलमा महिलाको शव फेला – Nepal Press

गोर्कणकाे जंगलमा महिलाको शव फेला

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ६ स्थित गोर्कणमा एक महिलाको शव फेला परेको छ।

जगडोल पार्कसँगै जोडिएको जङ्गलमा महिला मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

प्रहरी घटनास्थलतर्फ गइरहेको र विस्तुत विवरण आउन बाँकी रहेको मैनालीले बताए। ३०र३५ वर्ष उमेरको जस्तो देखिने महिलाको शरिरमा रगत पनि देखिएकाले हत्या भएको हुन सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर