श्यान्टु र विनेश पुर्णमान वज्राचार्य स्मृति टेबलटेनिसको फाइनलमा – Nepal Press

श्यान्टु र विनेश पुर्णमान वज्राचार्य स्मृति टेबलटेनिसको फाइनलमा

काठमाडौं । राष्ट्रिय च्याम्पियन नेपाल पुलिस क्लबका श्यान्टु श्रेष्ठ र पुलिसकै विनेश खनियाँ ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा श्यान्टुले बिहीबार नेपाल आर्मीका दीप साउनलाई १३–११, ११–९, ११–३ र ११–१ को सोझो सेटमा पराजित गरे ।

विनेशले एपीएफका सन्योग कपालीलाई ११–८, ७–११, १२–१०, ११–८, ९–११ र १२–१० को सेटमा हराए ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा आर्मीकी स्वेच्छा नेम्वाङले आर्मीकै रविना महर्जनलाई ४–० तथा एपीएफकी सिक्का सुवालले प्रहरीकी सोनु थापा मगरलाई ४–२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान पुरुष सिंगल्सको ४० वर्षमाथि काठमाडौंका उमेश मानन्धरले राजेन्द्रमान श्रेष्ठलाई ३–१, ५० वर्षमाथि ललितपुरका राजेन्द्र वज्राचार्यले ललितपुरकै किरण ब्याञ्जनकारलाई ३–० र ६० वर्षमाथि र जगदीश्वरलाल जोशीले आनन्द धाख्वालाई ३–१ ले फाइनलमा पन्छ्याउदै स्वर्ण जिते ।

यु–१६ गल्र्स सिंगल्स फाइनलमा आदर्श विद्या मन्दिर (एभीए) की वियन्का राईले एभीएमकै इभाना थापा मगरमाथि ३–० को जित दर्ता गर्दै शीर्ष स्थान हात पारिन् ।
प्रतियोगिताअन्तर्ग पुरुष÷महिला सिंगल्स फाइनल शनिबार हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *