कञ्चनपुरमा स्थानीय निर्वाचन एक्लै लड्ने कांग्रेसको निर्णय, गठबन्धन गर्ने केन्द्रको निर्देशन अश्वीकार – Nepal Press

कञ्चनपुरमा स्थानीय निर्वाचन एक्लै लड्ने कांग्रेसको निर्णय, गठबन्धन गर्ने केन्द्रको निर्देशन अश्वीकार

कैलाली । नेपाली कांग्रेसले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि कञ्चनपुरमा भने उक्त निर्णय कार्यान्वयन नहुने सङ्केत देखिएको छ । नेपाली काँग्रेस कञ्चनपुर प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ ले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको हो ।

स्थानीय स्तरका नेता कार्यकर्ताहरू गठबन्धनको पक्षमा नभएको भन्दै एक्लै निर्वाचनमा होमिने निर्णय गरेको क्षेत्रीय सचिव विसराम रानाले बताए । ‘यहाँ कोही पनि गठबन्धनको पक्षमा देखिएनन् त्यसैले हामीले यस्तो निर्णय गरेका हौँ’ उनले भने ‘यहाँ अब हामी एक्लै चुनावी प्रतिस्पर्धामा जान्छौँ ।

सचिव राना र सभापति गोपी प्रसाद उपाध्यायद्वारा जारी गरिएको बिज्ञप्तिमा पनि गठबन्धन नगर्न अनुरोध गरिएको छ । यहाँका सबै स्थानीय तहले गठबन्धन नगर्ने भनेपछि हामीले यस्तो निर्णय गरेका हौँ सभापति उपाध्यायले भने अब यहाँ चुनाबी गठबन्धन हुँदैन । क्षेत्र नम्बर १ मा ४ वटा स्थानीय तह पर्छ ।

बेलौरी नगरपालिका,पुर्नवास नगरपालिका, बेलडाडि गाउँपालिका र लालझाडी नगरपालिका पर्छन् । ती सबै स्थानीय तहका नेता कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको उनले बताए ।

उनीहरूको माग अनुसार आफूहरुले निर्णय गरेको उनको भनाइ छ । ‘यस विषयमा जिल्ला सभापतिलाई जानकारी दिएका छौँ , बोदर्थ प्रदेश र केन्द्रलाई दिएका छौँ’ उनले भने ‘२६ गते गठबन्धनको छलफल छ हामीले निर्णय नै गरिसकेका छौँ यहाँ गठबन्धन हुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर