काठमाडौंमा राप्रपाले देखायो शक्ति (तस्बिरहरु) – Nepal Press

काठमाडौंमा राप्रपाले देखायो शक्ति (तस्बिरहरु)

काठमाडौं । चुनावी माहौल तताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

घोषित स्थानीय चुनावको पूर्व सन्ध्यामा काठमाडौंमै ठूलो सभा गर्ने राप्रपा पहिलो दल हो ।

राजतन्त्रको वकालत गर्ने पहिलो पार्टी राप्रपाले आजको आमसभामा पनि राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापनालाई एजेन्डा बनाएको छ । सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लगायतका वरिष्ठ नेताहरूले सम्बोधन गर्दै छन् ।

राप्रपाले विभिन्न जिल्लाहरूमा सभा गरेपश्चात् काठमाडौंमा आमसभा आयोजना गरेको हो । पार्टीबाट हालै पूर्व अध्यक्ष कमल थापा बाहिरिएपछि पार्टीमा नयाँ रक्तसञ्चार गराउन अध्यक्ष लिङदेन प्रयासरत छन् ।

विचार मिल्ने अन्य दल र समूहहरूसँग उनले एकता प्रयास पनि गरिरहेका छन् ।

 


प्रतिक्रिया

One thought on “काठमाडौंमा राप्रपाले देखायो शक्ति (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर