अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनसहित २२८ जनामाथि रुसको प्रतिबन्ध – Nepal Press

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनसहित २२८ जनामाथि रुसको प्रतिबन्ध

काठमाडौं । रुसले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनसहित २२८ अष्ट्रेलियाली नागरिकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

रुसको राष्ट्रपति कार्यालयले जारी गरेको एक विज्ञप्तिअनुसार अष्ट्रेलियाली सरकारले चालेको शत्रु वत् कदमको विरोधमा उक्त प्रतिबन्ध लगाइएको हो ।

यस अघि अष्ट्रेलियाले युक्रेनमा रुसले गरेको आक्रमणको विरोधमा ६७ रुसी नागरिकमाथि प्रतिबन्ध लगाएको थियो । रुसले युक्रेनमाथि हमला सुरु गरेसँगै अष्ट्रेलियाले चरणबद्ध रूपमा रुसमाथि प्रतिबन्ध घोषणा गरिरहेको छ भने युक्रेनलाई सैन्य सहयोग पनि उपलब्ध गराउँदै आएको छ ।

अष्ट्रेलियाको उक्त निर्णयको विरोधस्वरुप नै रुसले अष्ट्रेलियाका पदाधिकारी विरुद्ध प्रतिबन्ध घोषणा गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर