युक्रेनको ट्रेन स्टेशनमा आफूले हमला नगरेको रुसको दाबी – Nepal Press

युक्रेनको ट्रेन स्टेशनमा आफूले हमला नगरेको रुसको दाबी

काठमाडौं । रुसले युक्रेनको क्रामास्टोर्क सहरमा अवस्थित ट्रेन स्टेशनमा कुनै पनि रकेट हमला नगरेको दाबी गरेको छ ।

पूर्वी युक्रेनको क्रमास्ट्रोक सहरमा दुई वटा रकेट प्रहार हुँदा ३० जना सर्वसाधारण नागरिकको मृत्यु भएको थियो । एक सय भन्दा बढी घाइते भएका छन् । सो समाचार सार्वजनिक भए लगत्तै रुसी रक्षा मन्त्रालयले त्यसको खण्डन गरेको हो ।

खण्डनमा रुसले उक्त सूचनालाई युक्रेनले जारी गरेको षड्यन्त्रको संज्ञा दिएको छ ।

क्रामास्ट्रोक सहरमा रकेट हमला गरिएको भनी सार्वजनिक भएका तस्बिरहरू युक्रेनकै टोक्चा यु ट्याकटिकल मिसाइलका भग्नावेश रहेको रुसको भनाई रहेको छ ।

गत १४ मार्चमा युक्रेनले डोनेट्स्क सहरमा सोही नाम गरेको मिसाइल प्रयोग गरेको र सो समयमा १७ आम नागरिकको मृत्यु भएको र ३६ जना भन्दा बढी घाइते भएको रुसको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर