सुदूरपश्चिम प्रदेश सरकार पूनर्गठन, समाजवादीका तीन मन्त्री हटाएर कांग्रेसका थपिए
कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पूर्नगठन हुने भएको छ । सत्ता गठबन्धनमा भएर पनि सरकारमा सहभागी नभएको नेपाली कांग्रेसलाई आज सुदूरपश्चिम सरकारमा सहभागी गराउन लागिएको हो ।
समाजवादीका तीन जनालाई हटाएर कांग्रेसका तीन जनलाई मन्त्री बनाउने तयारी भइरहेको छ ।
समाजवादीको तर्फबाट सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको ठाउँमा कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावललाई ल्याउने तयारी भइरहेको छ ।
त्यस्तै सामाजिक विकास मन्त्री लाल बहादुर खड्काको ठाउँमा कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहरालाई ल्याउने तयारी भइरहेको छ ।
सामाजिक विकास राज्य मन्त्री मना साउदको ठाउँमा कांग्रेस सचेतक टेक बहादुर राैकलाई ल्याउने तयारी भइरहेको छ ।
यस अघि माओवादीको नेतृत्वमा एकीकृत समाजवादी सहितको सरकार थियो ।
आज रातिदेखि चुनावी आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको हो ।
प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमालेका सभामुख सहित ११ का दश जना सांसद छन् । कांग्रेस सत्ता गएसँगै प्रमुख प्रतिपक्षको हैसियत एमालेले पाएको छ।