बुटवल उपमहानगरमा माओवादीबाट उपमेयर दाबी गरिरहेकी भुसाल एमालेमा प्रवेश – Nepal Press

बुटवल उपमहानगरमा माओवादीबाट उपमेयर दाबी गरिरहेकी भुसाल एमालेमा प्रवेश

रुपन्देही । बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी नेतृ मञ्जु भुसाल शुक्रबार एमाले प्रवेश गरेकी छन् ।

निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहेकी थिइन् । तर नेतृत्वले उनलाई नसमेटिएपछि असन्तुष्ट बनेकी थिइन् ।

भुसाललाई एमाले सचिव छविलाल विश्वकर्मा, पोलिब्युरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपानेले एमालेमा स्वागत गरेका छन् ।

नेतृ भुसालसहित २ सय ५० जना माओवादीबाट एमालेमा प्रवेश गरेको एमाले बुटवल अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर