मन्त्रिपरिषदको सिफारिसमा प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत – Nepal Press

मन्त्रिपरिषदको सिफारिसमा प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।

दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काकाका छोरा हुन् भने उनी पार्टीको केन्द्रीय सदस्य पनि छन् ।

यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका थिए । नेकपा एकता कालमा उनी पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष थिए ।

माओवादीभित्र प्रचण्डबाट बढी अवसर पाउने नेतामा उनी पर्छन् ।

रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।


प्रतिक्रिया

2 thoughts on “मन्त्रिपरिषदको सिफारिसमा प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनीत

  1. प्रचण्डकाे शासनमा उनका आफन्तले नगरे कसले माेज गर्ने त ? खरू त उनका खेताला न परे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर