नेशनल दलित लयर्स फोरमको अध्यक्षतामा मोहन साशंकर चयन – Nepal Press

नेशनल दलित लयर्स फोरमको अध्यक्षतामा मोहन साशंकर चयन

काठमाडौं । नेशनल दलित लयर्स फोरमको अध्यक्षमा अधिवक्ता मोहन साशंकर चएन भएका छन् । फोरमको काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनले साशंकरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा भोजमान लामगादे, बालमाया विश्वकर्मा, चक्रमान विश्वकर्मा, महासचिवमा शैलेन्द्र अम्बेडकर हरिजन चयन भएका छन् । यस्तै सचिवमा रामबहादुर मिजार, सुन्दर बहादुर स्नेही, सरस्वती नेपाल, कोषाध्यक्ष वाल्मिकि आउजी चयन भएका छन् ।

समितिको सदस्यमा रक्षाराम हरिजन, अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’, धनकाजी विश्वकर्मा, नारायण बुढाप्रिर्थी, यमकुमारी ददेल, चिजामाया विश्वकर्मा, डालबहादुर विश्वकर्मा, देवी सुनार चयन भएका हुन् । समितिको सल्लाहकारमा नारायण नेपाल, विमल विश्वकर्मा, डा.यामबहादुर किसान, टेक टमटा, लुमासिं विश्वकर्मा, श्यामकुमार विश्वकर्मा चयन भएका छन् ।

सम्मेलनले १२ बुँदे काठमडौं घोषणा पत्र पनि जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *