रमण कन्स्ट्रक्सनका मालिक महतोले जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने – Nepal Press

रमण कन्स्ट्रक्सनका मालिक महतोले जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

जनकपुरधाम । निर्माण व्यवसायी बलराम महतोले जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रमण कन्स्ट्रक्सनका मालिक महतोले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी स्वतन्त्र रूपमा मेयरको उम्मेदवारी घोषणा गरेका हुन् ।

राजनीतिक दलबाट चुनाव जितेका प्रतिनिधिहरूले स्थानीय तहलाई विकासका लागि भन्दा पनि राजनीतिक अखाडाका रूपमा प्रयोग गरेको भन्दै आफू स्वतन्त्र उम्मेदवारी दिने उनले बताए ।

उनले भने, ‘राजनीति सेवा हो । तर पार्टीबाट जितेकाहरू सेवा भन्दा पनि पेसाका रूपमा उपयोग गरे । मैले पार्टीका नेता होइन, स्थानीय विकासमा समर्पित जनसेकलाई चुनौँ भन्ने नाराका साथ उम्मेदवारी घोषणा गर्दछु ।’

उनले जनकपुरधाम क्षेत्रलाई विकसित गरी सहरको ऐतिहासिक छवि कायम राख्दै नमुना सहरका रूपमा स्थापित गर्ने आफ्नो उद्देश्य रहेको बताएका छन् ।

भरतपुर सिँचाइ आयोजनामा करिब १७ वर्ष काम गरेका महतो २०४७ सालमा रमण कन्स्ट्रक्सन स्थापना गरेका हुन् ।

उनको कन्स्ट्रक्सनले पछिल्लो समय जयनगर-जनकपुर रेल्वे लाइनको निर्माण, जनकपुर नगर परिसरको ढल तथा बर्खाका पानीको व्यवस्थापन, सडक स्तरोन्नति, कमला नदी नियन्त्रण तटबन्धको निर्माण र जमुनी कटाह सिँचाइ आयोजना निर्माण लगायतका काम गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर