तस्बिरमा हेर्नुहोस् नेकपा एसको जनसभा – Nepal Press

तस्बिरमा हेर्नुहोस् नेकपा एसको जनसभा

काठमाडौं । भृकुटीमण्डपमा नेकपा (एकीकृत समाजवादी) को जनसभामा सहभागी हुन नेताहरु त्यहाँ पुग्नेक्रम जारी छ । नेकपा एस जिल्ला कमिटी काठमाडौंले आयोजना गरेको बृहत जनसभामा सहभागी हुन अध्यक्ष माधव नेपाल लगायतका नेताहरु अहिले त्यहाँ पुगिसेकेका छन् ।

कार्यक्रमको औपचारिक सुरुआत हुन अझै केही समय लाग्ने देखिन्छ । त्यहाँ अर्को एउटा कार्यक्रम आयोजना भएकाले नेकपा एसको कार्यक्रमको औपचारिक सुरुआत हुन नसकेको हो ।

बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे जानकारी दिन सभाको आयोजना गरेको हो ।

उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जनताका चाहनाअनुरुप समाजवादी यात्रालाई अगाडि बढाउन पार्टी स्थापनापछि देशभर भएका सङ्गठन निर्माण तथा विस्तारको अभियानमा जुटेको बताउँदै काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कुशुमकुमार कार्कीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौंमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको जानकारी दिए।

उनले स्थानीय तहको निर्वाचनमा काठमाडौंका सबै तहका साथै मोर्चामा सङ्गठन विस्तार तथा हरेक मोर्चाका नेता तथा कार्यकर्ता टोलटोलमा जनताको समस्या समाधानका लागि क्रियाशील रहने जानकारी दिए ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

2 thoughts on “तस्बिरमा हेर्नुहोस् नेकपा एसको जनसभा

  1. विजाेग छ त जनसभाकाे । जनता नै छैनन । सकियाे एस ।

  2. कठै बरा कति थोरै रेसलिंग हेर्ने दर्शक पनि मिसाएर पनि रा प्रा पा को १० भाग को १ भाग मात्र पनि छैन बरु कांग्रेस वा रा प्रा पा संग बिलय भए त हुन्थे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर