भृकुटीमण्डपमा रेस्लिङले नेकपा एसको सभा प्रभावित, माधव नेपाल स्टेजमा पर्खेको पर्खै (तस्बिरहरु) – Nepal Press

भृकुटीमण्डपमा रेस्लिङले नेकपा एसको सभा प्रभावित, माधव नेपाल स्टेजमा पर्खेको पर्खै (तस्बिरहरु)

काठमाडौं । नेकपा एसले आज भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई एउटा रेस्लिङ प्रतियोगिताले प्रभावित तुल्याएको छ ।

जनसभा स्थल नजिकै आयोजना भइरहेको रेस्लिङ नेकपा एसकै अध्यक्ष माधव नेपालले उद्घाटन गरेका थिए ।

नेकपा एसको सभा आज दिउँसो १२ बजेदेखि सुरु हुने भनिएको थियो । तर, साढे दुई बजेपछि मात्रै सभा सुरु भएको हो ।

सभा स्थल नजिकै बनाइएको रिङमा इन्टरनेसनल रेस्लिङ च्याम्पियनसिप २०२२ भइरहेको छ । दुई वटै कार्यक्रमको स्पिकर आपसमा लिङ्क भएकाले पनि जनसभामा ढिलाइ भएको थियो ।

नेपालले १ बजेतिर रेस्लिङ प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले १० मिनेट जति रेस्लिङ हेर कार्यक्रमको मञ्चमा गएर बसे । करिब डेढ घण्टा मञ्चमै प्रतीक्षापछि रेस्लिङ रोक्न लगाएर सभा सुरु गरिएको छ ।

रेस्लिङ प्रतियोगिताका आयोजकले पहिल्यै यो ठाउँ बुक गरेका थिए । पछि नेकपा एसले पनि यही कार्यक्रम आयोजना गरेको हो । पार्टीको कार्यक्रम सुरु हुन ढिलाइ भएपछि नेकपा एसका कार्यकर्ताहरू पनि रेस्लिङ भुलिएका थिए ।

नेपालसहित अमेरिका, पाकिस्तान, भारतलगायत देशका खेलाडीले भाग लिएको रेस्लिङ प्रतियोगिता आजै सकिने बताइएको छ । सुरुआती खेलमा सपना माझी र मनीषा भाट विजयी भएका छन् ।

 


प्रतिक्रिया

One thought on “भृकुटीमण्डपमा रेस्लिङले नेकपा एसको सभा प्रभावित, माधव नेपाल स्टेजमा पर्खेको पर्खै (तस्बिरहरु)

  1. जानीजानी रेस्लिङ्का दर्शकलाई एसका समर्थक भनेर देखाएर एसमा पनि जनताकाे समर्थन छ भन्ने पार्न जुक्ति निकालेछन् अनैतिकहरूले । खेल हुँदाहुँदै बन्द गरेपछि दर्शक त बसीरहने भए । अनि त्यहि बीचमा एसकाे कार्यक्रम भनेर तिनै दर्शककाे भिडलाई देखाईदिएपछि त जनसागर नै देखिने भयाे । अनैतिककाे दिमाग पनि खुराफाती नै रहेछ । खेलका आयाेजकलाई फकाएर, खेलकाे उद्घाटन आफैले गरेर, दर्शकलाई हाेल्ड गराएर कार्यक्रम गरेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर