सुदरपश्चिम : सरकारमा भाग नदिइएको भन्दै गठवन्धनबाट निस्किने जसपाकाे तयारी – Nepal Press

सुदरपश्चिम : सरकारमा भाग नदिइएको भन्दै गठवन्धनबाट निस्किने जसपाकाे तयारी

आजै पत्रकार सम्मेलन गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेशमा  एक  सिट रहेकाे जनता समाजवादी पार्टीले सत्तारुढ गठवन्धनबाट निस्किने चेतावनी दिएकाे छ ।

पाँच दलीय गठबन्धन मध्येको एक दल जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीलाई विभेद गरेको भन्दै गठबन्धनमा रहनुको अर्थ नरहने बताएकाे हो ।

शुक्रवार सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री थपिदा जसपालाई सहभागी नगराएको भन्दै उनीहरू रुष्ट भएका हुन् ।

यस अघि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र एकीकृत समाजवादी पार्टीको सहभागिता रहेको थियो ।

कांग्रेसले सरकारमा सहभागी नगराए गठबन्धन नहुने भन्दै आए पनि कांग्रेसका दुई मन्त्री एक राज्य मन्त्री थपिएका हुन् । तर, जसपालाई वास्ता नगरेको भन्दै गठबन्धन आजै तोड्ने एक नेताले बताए ।

‘हामी केही बेरमा पत्रकार सम्मेलन गरेर गठबन्धन तोड्ने कुरा सार्वजनिक गर्छौ’ उनले भने ‘हामीले यस विषयमा केन्द्रसँग पनि छलफल गरिसकेका छौँ ।’

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी जसपाको तर्फबाट एक जना प्रदेशसभा सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर