कमला बिच भलिबलको सर्वोत्कृष्ट खेलाडी – Nepal Press

कमला बिच भलिबलको सर्वोत्कृष्ट खेलाडी

पाल्पा । नेपाल पुलिस क्लबकी कप्तान कमला पुन सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

पाल्पाको तानसेनस्थित रानी महलमा भएको प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी कमलाले पुलिसको लागि २७ अंकको योगदान दिएकी थिइन् । सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै कमलाले २० हजार रुपैयाँ प्राप्त गरिन् ।

सर्वोत्कृष्ट खेलाडी चयन गर्नको लागि अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम लासिवा र एसियन भलिबल रेफ्री विकास गुरुङले प्रतियोगिताको क्वार्टर फाइनलदेखि खेलाडीको प्रदर्शनलाई मूल्याङ्कन गर्दै आएका थिए ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा पुलिसले लुम्बिनीलाई २१–८, २१–१७ को सोझो सेटमा हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *