सुदूरपश्चिम जसपाले भन्यो : हाम्रो अपमान भयो, एक्लै चुनाव लड्न सक्षम छौं – Nepal Press

सुदूरपश्चिम जसपाले भन्यो : हाम्रो अपमान भयो, एक्लै चुनाव लड्न सक्षम छौं

कैलाली । जनता समाजवादी पार्टी सुदूरपश्चिमले गठबन्धन तोडेको छ ।

केन्द्रीय सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपाले गठबन्धन तोडेको हो ।

केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश स्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन भए पनि जसपालाई बाइपास गरी अगाडि बढ्न खोजेको सो पार्टीका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीको आरोप छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसपाले प्रदेशमा स्थानीय तह निर्वाचनका लागि एक्लै लड्न आफू सक्षम रहेको पनि बताएको छ । आवश्यकताअनुसार बाहिर अन्य पार्टीसँग मिलेर अगाडि बढ्न तयार रहेको पनि जसपाको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर